१३ फाल्गुन, मोरङ। मोरङको सुन्दरदुलारी नगरपालिका-१० चिउरा मिल अगाडी मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना घाईते भएका छन्।
घाईते हुनेमा मोटरसाईकल चालक सुनसरी बलाहा बस्ने २० बर्षिय रिसिक चौधरी र मोटरसाईकलको पछाडी सवार रहेका सोहि स्थान बस्ने १९ बर्षिय बिक्रम चौधरी रहेका छन्।पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्वतर्फ आउदै गरेको को २१ प २२५१ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना भएको थियो। घाईते दुवैलाई उपचारकोलागी सामुदायिक अस्पताल ईटहरी पठईएको प्रहरी चौकी गछियाले जनाएको छ।

तपाईको प्रतिक्रिया