१३ मोरंग। मोरङका विद्यार्थीहरुले अनिश्चितकालिन शिक्षण संस्था बन्दको घोषणा गरेका छन् । महेन्द्र मोरङ क्याम्पसमा बिबिएस दोस्रो बर्षमा अध्ययनरत विद्यार्थी रुपेश यादवलाई डोजरले ठक्कर दिएर घाइते बनाएपछि आक्रोशित बनेका विद्यार्थीले शिक्षण संस्था बन्द गराएर आन्दोलनमा उत्रिएका हुन् । विद्यार्थी संगठनले विभिन्न माग राख्दै माग पूरा नभएसम्म शिक्षणसंस्था बन्द गराउने भएका हुन् ।

बिहिबार क्याम्पसबाट घर फर्कदै गरेका यादवलाई सडक निर्माणमा खटिएको कालिका कन्सट्रक्सनको डोजरले क्याम्पसको गेट अगाडि ठक्कर दिएको थियो । यादव गम्भिर घाइते भएका छन् । उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । तत्काल घटनाको विरोधमा उत्रिएका विद्यार्थीहरुले डोजरमा आगजनीको प्रयास गरेपछि प्रहरीले लाठीचार्ज तथा हवाई फायर समेत गरेको थियो ।

घटनाको विरोधमा शुक्रवार स्थानीय रोडशेष चोकमा विरोध प्रदर्शन गरेका छन् । विरोध सभालाई सम्बोधन गर्दै विद्यार्थी नेताहरुले क्याम्पस हाताभित्र पसेर प्रहरीले हस्तक्षेप र दमन गरेको भन्दै प्रमुख जिल्ला अधिकारीको राजिनामा समेत मागेका छन् । विद्यार्थीहरुले घाइतेको उपचार, उसको भविष्यको सुनिश्चितता लगायतका माग राख्दै आन्दोलनलाई थप कडा बनाउदै लैजाने बताएका छन् ।

 

तपाईको प्रतिक्रिया