इनरुवा फागुन १४/मधेश केन्द्रित दल आवद्ध भातृ संगठनको विरोध र असहयोगका कारण सुनसरी बहुमुखी क्यामपस इनरुवाको स्ववियू निर्वाचन स्थगन गरिएको छ ।
संयुक्त मधेशी विद्यार्थी मोर्चाको लगातारको अवरोध र धम्कीपूर्ण अभिव्यक्तिपछि असहज परिस्थितीको आकंलन क्याम्पस प्रशासनले सम्पूर्ण चुनावी प्रकया रोकेको जनाएको छ ।
क्याम्पस प्रमुख प्रकाश नेपालीका अनुसार स्ववियु निर्वाचनलाई लक्षित गरी हुँदै आएको तालाबन्दी र विरोधका कार्यक्रमपछि सअज परिस्थिती नबने सम्मकालागि चुनाव स्थगित गर्ने निर्णय भएको हो ।
निर्वाचन तालिका सार्वजनिक भैसकेको अवस्थामा संयुक्त मधेशी विद्यार्थी मोर्चाले सुनसरी क्याम्पसको चुनाव वहिस्कार गर्ने यसअघिनै निर्णय गरिसकेका थिए । उनिहरुले स्थानीय निकायको मिति घोषणाको विरोधमा क्याम्पसमा समेत निर्वाचन हुन नदिने निर्णय गरेका हुन् । मोर्चा संयोजक ब्रम्हदेव यादवका अनुसार सरकार स्थानीय निकाय निर्वाचनको मिति फिर्ता नलिएसम्म क्याम्पसमा स्ववियु निर्वाचन हुन नदिने बताए । यसैवीच बुधनारायण यादव, नेहा मण्डल र मिथलेस यादव सहितका मधेशी विद्यार्थी नेताहरुहरुले स्वविय चुनाव हुन नदिने, सरकारले घोषणा गरेको स्थानीय निकायको चुनावमा असहयोग गर्ने जस्ता दबाब मुलक कार्यक्रम संचालनमा ल्याउने संयुक्त निर्णय गरेका छन् । सरोकारवालाहरुसँग अन्र्तकृया, निजि तथा सरकारी क्याम्पसमा जनजागरण अभियान, मसाल जुलुस र शैक्षिक संस्था बन्द जस्ता कार्यक्रम गरिने संयुक्त प्रेश विज्ञप्तीमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया