इनरुवा फागुन १५ /सुनसरी बहुमुखी क्याम्पस इनरुवामा स्ववियु निर्वाचनको विषयलाई लिएर विद्यार्थीवीचको विवाद बढेको छ । संयुक्त मधेशी विद्यार्थी मोर्चाको अवरोध र त्रासका कारण क्याम्पस प्रशासनले चुनावी प्रकया स्थगन गरेपछि विभिन्न संगठनमा आवद्ध विद्यार्थीवीच विवाद चर्केको हो ।

मोर्चा आवद्ध विद्यार्थीहरुले निर्वाचन हुन नदिने भनि विरोधका कार्यक्रम संचालन गरिरहँदा नेविसंघ, अनेरास्ववियु र क्रान्तिकारीले तोकिएकै मितिमा निर्वाचनको माग गर्दै प्रर्दशन गरेका छन् । निर्वाचन गर्नैपर्ने र हुनै नदिने छुट्टा छुट्टै विद्यार्थी संगठनको प्रर्दशनका बाबजुत क्याम्पस प्रशासनले भने पठनपाठन संचालन गरिरहेको छ । क्याम्पस प्रमुख प्रकाश नेपालीले विद्यार्थी संगठनवीच सहमति नबनेसम्म निर्वाचन नहुने स्पष्ट पारेका छन् ।

तपाईको प्रतिक्रिया