इनरुवा फागुन १५ /स्वास्थ्य सेवा ऐन लगायतका माग राखी आन्दोलनरत स्वास्थ्यकर्मीहरुको मुद्धा आधिकारीक कर्मचारी ट्रेड युनियन मार्फत सम्बोधनको प्रयास थालिने भएको  छ ।जिल्ला स्वास्थ्य कार्यालय सुनसरीमा तालाबन्दी गरी धर्नामा बसेका स्वास्थ्यकर्मीहरुको मागका बारेमा केन्द्रिय तहमा दबाब सीर्जना गराउने जिम्मेवारी निजामति कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन शाखा सुनसरीलाई दिइएको छ । अध्यक्ष केशव खतिवडाले सहभागिहरुलाई माथिल्लो निकायसामू पहलकदमी अघि बढाइने विश्वास दिलाए ।

आन्दोलनरत स्वास्थ्यकर्मी ट्रेड युनियन आवद्ध पदाधिकारी सहितको भेलामा विभिन्न कर्मचारी संघ संगठनका पदाधिकारीले आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै माग सम्बोधनकालागि केन्द्रिय तहमा दबाब सीर्जना गर्ने प्रतिवद्धता जनाएका छन् । यसैवीच स्वास्थ्यकर्मीहरुको जारी आन्दोलनमा सुनसरीका महिला स्वयंसेविकाहरुले समेत ऐक्यवद्धता जनाएका छन् । स्वयंसेविकाहरुले स्वास्थ्य सेवा दिवस समेत वहिस्कार गरेका छन् । नाराजुलुस सहित उनिहरु स्वास्थ्यकर्मीहरुसँगै जिल्ला स्वास्थ्य कार्यालय सुनसरीमा जारी धर्नामा बसेका छन् ।

तपाईको प्रतिक्रिया