सुमन भट्टराई , इटहरी। भारत विहारको नरपतगञ्जको खरैयामा यही फागुन २० र २१ गते हुन लागेको मातापिता जाँगरण अभियानको प्रचार प्रसार गर्ने अध्यक्ष प्रफुलकुमार सिँहले इटहरीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

भारतीय जनता पार्टीका केन्द्रिय सदस्य तथा मातापिता चेरिटेबल ट्रष्टका अध्यक्ष सिँहले आफ्नो मातापिताप्रति समर्पणभावले सेवा गर्नु नै मानवमात्रको कल्याण हुने बताउनुभयो । अध्यक्ष सिँहले बच्चा भएन भनेर बालबालिका धर्म पुत्र पुत्री पाल्नुभन्दा पनि बृद्ध आमाबाबुलाई आफ्नो शरणमा लिएर राम्ररी सेवा गरी पालन पोषणको सेवा गर्नु नै मानवताको उच्चतम सेवा भएकाले आफुले त्यही मावन चरित्रको विकास गर्न यो जाँगरण अभियानमा लागेको बताउनुभयो ।

विश्वको हिन्दु राष्ट्र नेपाली समाज र भारतमा समेत बाबु आमाप्रति देखाईदै आएको श्रद्धालाई जिवित राख्दै माावनताप्रति संवेदनशील समाजको नेतृत्व विकासका लागि आफुले यो जाँगरण अभियानलाई अघि बढाउनुपर्छ भन्दै प्रचार अभियानमा लागेको सिँहले बताउनुभयो । अभियानका क्रममा हुने कार्यक्रममा गरिव दलित अपाङ्ग दीनहिन जेष्ठ नागरिकलाई अग्रभागमा राखेर विद्यालयका बालबच्चालाई साथमा राखेर उनीहरुप्रति समर्पित गराउँदै ज्योति प्रज्वलन गराई जाँगरण अभियान कार्यक्रम सम्पन्न गर्ने र त्यस अभियानमा कम्तिमा २ लाख मानिसको सहभागिता रहने पनि उहाँले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा जाँगरण अभियानमा सम्लग्न अशोककुमार यादव र गुड्डु ठाकुर र उद्योग बाणिज्य सङ्घ पूर्वाञ्चल अध्यक्ष टङ्क दुलालले समेत जाँगरण अभियानको महत्वका विषयमा जानकारी गराउनुभएको थिायो ।

तपाईको प्रतिक्रिया