सुमन भट्टराई, इटहरी। सामुदायिक बिकास मञ्च मोरङ्गले अन्तरधार्मिक शान्ति स्थापनाका लागि समुदायमा सञ्चालन गरिदै आएको बार्षिक कार्यक्रमका विषयमा शनिबार लेटाङमा बार्षिक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

सामुदायिक विकास मञ्चले लेटाङ लगायत झापा,, मोरङ सुनसरी लगायतको जिल्लाका विभिन्न स्थानमा अन्तरधार्मिक शान्ति सञ्जाल अभियान विस्तार र मानव समुदायमा धार्मिक सहिष्णुता स्थापित गराउने अभियानमा सक्रियता देखाउँदै आएको विषयलाई अझ प्रभावकारी तुल्याउँदै जाने विषयमा पनि बृहत कार्य योजनाहरु सार्वजनिक गरेको छ ।

सामुदायिक विकास मञ्च नेपालले एक बर्षको अवधिमा मोरङ जिल्ला लगायतमा सञ्चालन गरिने विविध कार्यक्रमसँगै बर्षभरिमा सञ्चालनमा ल्याईने कार्य योजनाका विषयमा पनि कार्यक्रममा सहभागि भएका अभियानकर्मिहरुलाई अन्तरधार्मिक शान्ति सञ्जालकी कार्यक्रम संयोजक सावित्रा शिावाकोटीले विस्तृत जानकारी गराउनुभएको थियो ।

बार्षिक कार्य योजनाका विषयमा अन्तर धार्मिक शान्ति सञ्जालका अभियन्ताहरु तथा युवा सदस्यहरुलाई आगामी बर्षको कार्य योजना र बजेट परिचालनका सम्वन्धमा पनि कसरी कामगर्न सकिने विषयमा बिस्तृत रुपमा जानकारी दिएको छ ।

सामुदायिक विकास मञ्च नेपालका अध्यक्ष कमल तिम्सिनाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा रामभक्त कुरुङवाङ, नरबहादुर लिम्वु, रामचन्द्र बुढाथोकी तथा युवा सञ्जालकी अध्यक्ष ओमिहाङ कुरुङवाङ लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया