पाँचथर, २० असोज / मौसम परिवर्तनसँगै जिल्ला अस्पतालमा बिरामीको चाप बढेको छ । रुखाखोकी, ज्वरो, टाइफाटडलगायत भाइरल रोगको बिरामीको चाप बढेको अस्प्ताल प्रशासनले जनाएको छ ।
अहिले दैनिक ७० देखि ८० जनाको हाराहारीमा बिरामी आउने गरेको अस्पतालका डा.ओमप्रकाश यादवले जानकारी दिनुभयो । बिरामीको चाप बढेपछि अहिले भुइँमा राखेरसमेत उपचार गराइराखिएको उहाँले बताउनुभयो ।
एकहजार ५०० को शैय्याको यस अस्पताल भएकाले बिरामीको चाप बढेपछि भुइँमा राखेर समेत बिरामीको उपचार गराउन बाध्य हुनुपरेको उहाँले बताउनुभयो । अस्पतालका शैय्या बढाउन नागरिकले आग्रह गरे पनि अहिलेसम्म सम्बन्धित निकायबाट पहल भएको देखिदैन ।
यस अस्पतालमा उपचारका लागि पाँचथर जिल्ला, छिमेकी तेह्रथमुको आठराई र ताप्लेजुङ जिल्लाबाट समेत बिरामी आउने गरेका छन् ।
भाइरलको प्रकोप देखिएकाले अनिवार्य मास्कको प्रयोग गर्न तथा उमालेको पानी मात्रै प्रशस्त मात्रा पिउन डाक्टरले सर्वसाधरणलाई सुझाव दिएका छन् ।
साभार : पुर्वेलि न्युज