१७ फागुन, रोशन पोखरेल विराटनगर। नेपाली सांगितिक क्षेत्रमा नव आगन्तुक कलाकारको प्रवेश गर्ने क्रम दिन प्रतिदिन बडदै गएको छ। यसै क्रममा नेपाली सास्कृतिक सम्पदाका विभिन्न लोकबाजाको प्रयोग गरेर पवन राना मगर र सिता थापा मगरको सुमधुर आवाजमा “आउन त कान्छि” लोक दोहोरी गित वजारमा आएको छ।

माया प्रेम गाँस्ने तरखरमा रहेका जोडिका भावनालाई यस गितमा संयोजन गरिएको छ भने आफनो कला संस्कृति र मौलिक लय र शब्द संयोजन यस गितमा देख्न सकिन्छ। दिवन किनरको शब्द संगित र एरेन्जमा आएको गितमा कलाकार सविता राना मगर लगायतका कलाकारको अभिनय रहृेको निमार्ण पक्षले जानकारी दिएको छ।

खेम थापा मगरले ले छायाँकन गरेको भिडियोलाई सम्पादन भने विष्णुहरी तिम्सिनाले गरेका छन। साथै भिडियोलाई उत्कृष्ट निर्देशन भने मनाङ गुरुगंले गरेका छन।

तपाईको प्रतिक्रिया