इनरुवा फागुन १७/घरमा जडान गरिएका धारामा पानी नआएको भन्दै सुनसरीको इनरुवा ३ का महिलाहरु विरोधमा उत्रिएका छन् । धाराबाट पानी आउन छाडेको एक वर्ष वित्न लाग्दा समेत समस्या समाधान नभएको भन्दै उनिहरुले नाराबाजीमा उत्रिएका हुन् । सरस्वती टोल विकास संस्थाको अगुवाई इनरुवा खानेपानी उपभोक्ता संस्थाको कार्यालयमा पुगेर महिलाहरुले आक्रोस पोखेका छन् । धारामा पानी नदिने तर महसुल विल भने हरेक महिना बुझाउनु पर्ने भन्दै महिलाहरुले तत्काल समस्या समाधान नभए आन्दोलनमा उत्रने चेतावनी दिए ।

उता खानेपानी उपभोक्ता संस्थाको कार्यालयले धारा जडान भएको आधारमा पानी वितरण गर्न नसकिएको स्विकार गरेको छ । हालको ४ लाख ५० हजार लिटर क्षमताको पानी ट्यांकीले क्षमता धान्न नसकेकाले निर्माण चरणको अन्तिम अवस्थामा रहेको सोही क्षमताको अर्को टंयाकी संचालनमा आएपछि समस्या हट्ने बताएको छ ।

तपाईको प्रतिक्रिया