१७ फागुन, इनरुवा दिपेन्द्र यादव । संयुक्त मधेशी विद्यार्थी मोर्चाले मंगलबार सुनसरी सदरमुकाम इनरुवामा मसाल जुलुस प्रर्दशन गरेका छन् ।
नेपाल सरकारले जारी गरेको स्थानिय निकाय निर्वाचनको विरुद्धमा संयुक्त मधेशी विद्यार्थी मोर्चा सुनसरीको कार्यक्रम संयोजक तथा समाजवादी विद्यार्थी फोरम नेपालका केन्द्रिय सदस्य विनायक प्रसाद यादवको अगुवाई तथा विद्यार्थी मञ्च सुनसरीको सकृयतामा मसाल जुलुस प्रर्दशन गरेको हो ।


यता मसाल जुलुस इनरुवाको क्लासिक होटल अगाडीबाट निकाल्ने क्रममा नेपाल प्रहरीले मसाल खोस्न खोजेपनि विद्यार्थीहरुले प्रहरी हस्तक्षेपको बावजुद मधेशी विद्यार्थीहरुले मसाल जुलुस प्रर्दशन गरेका छन् । संयुक्त मधेशी विद्यार्थी मोर्चाका विद्यार्थीहरुले मसाल जुलुस इनरुवाको सुपर मार्केट स्थित रहेको लोकतान्त्रिक चौकमा गई जुलुसलाई कोण सभामा परिण्त गरेका थिए।

कोण सभामा मधेशी माथी राज्य द्धारा निरन्तर भईरहेको दमन बन्द गर, हाम्रो माग सम्बोधन गर लगायतका नाराहरु दिई कोणसभा गरेका छन् । त्यस्तै कोणसभामा कार्यक्रम संयोजक विनायक प्रसाद यादव, ससफो नेपालका ब्रहमदेव यादव, विद्यार्थी मञ्चका केन्द्रिय महासचिव चुन्नी खातुन, प्रवत्ता नेहा मण्डल विद्यार्थी मञ्चका इकाई अध्यक्ष निशा मेहता, प्रमानन्द यादव लगायतका नेताहरुको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया