१९ फागुन बिराटनगर । एक बर्ष भन्दा लामो समयदेखि आकार पाउन नसकेको नेपाली कांग्रेस नगर समिती बिराटनगरले पुर्णता पाएको छ । आज बसेको नगर समितीको बैठकले तरुणदलको उपसभापतीमा अरुण कुमार न्यौपाने, प्रविन जोशी तथा सह सचिवमा लक्ष्मी क्षेत्री भट्राई सर्वसम्मत मानोनित भए संगै समितीले आकार पाएको हो ।

अधिवेशन भएको एक बर्ष भन्दा बढि समय पछि आज बसेको २२ वटै वडाका सभापतीहरु तथा पदाधिकारीहरुको बृहत भेलाले आफ्नो पदाधिकारी चयन गरे संगै नगर समिती र्पुण भएको हो । सोहि भेलाले नगर क्षेत्रमा भइरहेको बिकाशे योजना र अहिलेको यथा स्थितीमा भइरहेको नगर क्षेत्रको अस्तब्यस्त समस्याहरुको बिषयमा पटक पटक नगरपालीका तथा सरोकारवाला निकायलाई जानकारी गराउँदा समेत बेवास्ता भएको भन्दै कडा रुपमा प्रस्तुत हुने निर्णया समितीले गरेको छ ।

त्यस्तै लामो समयदेखि पेट्रोलियम पदार्थमा भइरहेको अभाव तथा कालोबजारीका बिषयमा सम्बन्धीत निकायलाई बास्तविकता बाहिर ल्याउन पहल गर्ने र यथा स्थितीमा इन्धन समस्या समाधान गराउन स्थानिय निकाय, तथा सरोकारवाला निकायहरुमा पहलगर्ने निर्णय गरेको छ ।

स्थानिय निकायको निर्वाचनको बिषयमा तोकिएको मितीमा निर्वाचन गराउन र उक्त निर्वाचनमा नेपाली काँग्रेसलाई अत्याधिक मतले बिजयी गराउन २२ वटै वडाका सभापतिहरुलाई नेपाली काँग्रेसका नगर सभापती भिम पराजुलीले लागी पर्ने बेला भएको भन्दै सवै स्थानिय तहका पार्टिका नेता तथा कार्यकर्ता हरुलाई आग्रह समेत गरे ।

यता मोरंगमा स्वबियूको चुनाव को मिती तय गरेर तत्काल स्ववियूचुनाव गराउनु पर्ने बताउँदै सभापती पराजुलीले तत्काल स्ववियू चुनावको मिती घोषण गर्न सम्बन्धीत निकायलाई आग्रह समेत गरे । स्थानिय निकायको चुनावमा टिकट बितरणको बिषयमा लामोसमय देखि काम गरीरहेका ब्याक्तिहरुले टिकट पाउनुपर्ने र कामको मुल्याँकन गरीनुपर्ने अहिलेको आवश्यक्ता रहेको औल्याए ।

तपाईको प्रतिक्रिया