१८ फागुन, दिलिप साह राजविराज । ट्याङकर चालक र ढुवानी व्यवसायीहरुको आन्दोलन फिर्ता भएको ५ दिन बितिसक्दा पनि सप्तरी सदरमुकाम राजविराज लगायत कुशाहा,कदमाहा ,कल्याणपुर, बिसनपुर, मलेठ ,शम्भुनाथ ,रुपनी,महुली,भारदह,फत्तेपुर, कंचनपुर र सिरहा सदरमुकाम सिरहा लगायत लहान , मिर्चैया , गोलबजार ,धनुषा , सुनसरी , झापा , मोरंग , उदयपुरका क्षेत्रहरुमा इन्धन अभाव देखिएको छ ।

सप्तरीको अधिकांश पेट्रोल पम्पमा एक साता देखि पेट्रोल तथा डिजलको आभाव सिर्जना भएको देखिन्छ क्ष् एक एक दिनको अन्तरालमा पम्पहरुले पेट्रोल तथा डिजल विक्री वितरण गरेपनि पेट्रोलियम पदार्थको अभाव जस्ताको तेस्तै देखिन्छ ।

पेट्रोल , डिजललिन सर्वसाधारणको पेट्रोल पम्पमा ठुलो लाम देखिन छ क्ष् यसैबीच मौकामा चौका हान्दै कालोबजारी गर्नेको पनी चहल पहल बढेको छ । पेट्रोल अभाब भए संगै सिरहा सहित तराईका बिभिन्न जिल्लामा प्रती लिटर १५० देखी २०० रुपैया सम्ममा पेट्रोल बिक्रि बितरण भैरहेको छ । कालो बजारीमा पनी भने जती पेट्रोल नपाइने एक स्थानीयले बताए ।

तपाईको प्रतिक्रिया