१८ फागुन, बिराटनगर। अनलाइन बिजनेसको क्रेज भारत लगायत बिभिन्न देशमा निक्कै प्रचलित छ । नेपालमा पनि विशेषगरी काठमाडौँमा चलेको अनलाइन सपिङ्ग कन्सेप्ट अहिले पुर्वमा पनि लोकप्रिय हुदै गएको छ । विशेषगरी युवा पुस्तालाई लक्षित गरी पूर्वका ५ युवाहरु मिलेर अहिले “जुत्ताबजार डट कम” सुरु गरेका छन् । “जुत्ताबजार” मा जेन्स तथा लेडिजका जुत्ता चप्पलहरु राखिएको छ ।

 मेरिल्याण्ड कलेज बिराटनगरमा बेलायतको इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट कोर्समा चौथो बर्षमा पढिरहेका सुशान्त निरौला , सुजन लुइँटेल , निरज लाम्घड़े र सुमन शाह सहित निक्सन सिवाकोटीले उक्त साईट तयार पारेका हुन् । जुत्ताबजार सुरु गर्ने सोच कहाँबाट आयो भन्ने हाम्रो प्रश्नमा सुशान्त भन्छन ” एक दिन हामी सबै केहि नयाँ काम सुरु गरौ भन्ने कुरामा , सबैको सहमतिले अनलाइन बिजनेस गरौ भन्ने सोच आएर जुत्ताबजार सुरु गरेका हौ” ।

हाल बिराटनगरमा केन्द्रीय अफिस राखेर काम गरिरहेको जुत्ताबजारले पुर्वान्चल भरी डिलेभरी गर्ने गरेको निरौलाले बताए ।घर बसीबसी आफुले चाहेको जुत्ता सस्तो मुल्यमा जुत्ताबजार बाट पाइने उनको दाबी छ । भर्खरै कलेज पढिरहेका युवाहरुको साइटमा अहिले १० दिन नहुदै ४०(५० जोर जुत्ता बेचिसकेको र सबैबाट राम्रो प्रतिक्रिया आएको अर्का युवा सुजन बताउछन । केहि नयाँ र आफुले पढिरहेको कुरालाई प्रयोग गरौ भन्ने सोचले नै जुत्ताबजार सुरु भएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया