१८ फागुन दिलिप साह राजविराज। सूर्या लाइफ इन्सोरेन्स कम्पनी लिमिटेड र ग्लोबल बहुमुखी सहकारी संस्था लिमिटेड राजविराजको साझेदारीमा सदस्य जीवन विमा अभिमुखीकरण कार्यक्रम बुधवार राजविराजमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा सहजीकरण गर्दै सूर्या लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडकी प्रतिनिधि सुवर्णा न्यौपाने खनालले कम्पनीले हाल संचालन गरेको विमा सम्बन्धी निति, पोलिसि र योजनाबारे जानकारी गराउनुभयो । उहाले विमामा कुनै प्रकारको जोखिम नरहेको भन्दै ढुक्क भएर सहभागी हुन आग्रह गर्नुभयो ।

६७ वटा शाखा मार्फत कम्पनीले विमा कार्यक्रम संचालन गरिरहेको जानकारी दिंदै उहाले हाल कम्पनीको रिजर्भमा १७ करोड ५४ लाख रकम रहेको समेत बताउनुभयो । सोही कम्पनीका राजविराज शाखा प्रमुख चन्द्रदेव यादवले सहकारी संस्था मार्फत गरिएको विमामा दोहोरो फाइदा हुने भन्दै विमा गरेर जोखिम कम गर्न सहभागीहरुलाई आग्रह गर्नुभयो । ग्लोबल बहुमुखी सहकारी संस्थाका संस्थापक अध्यक्ष सुखराम यादवले संस्थामा आगामी असारसम्म एक हजार संस्था आबद्ध पदाधिकारी, कर्मचारी, स्वयंसेविका लगायतको विमा गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

संस्थाका अध्यक्ष भोलारमण उप्रेतिले सहकारीमा आबद्धहरुलाई विमा गराउनका लागि यो कार्यक्रम प्रभावकारी रहेको बताउनुभयो । सस्थाका कार्यक्रम प्रर्बघक पंकज पोखरेलले आजको थोरै लगानीले भोलीका दिनमा उल्लेख्य आमदानी र उज्जवल भविष्य सुनिश्चित गर्न सकिने भन्दै सूर्या लाइफ इन्सोरेन्स कम्पनी लिमिटेड र ग्लोबल बहुमुखी सहकारी संस्था लिमिटेड राजविराजको साझेदारीमा ल्याईएको योजनामा सहभागी भई लाभ उठाउन सबैसंग आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया