१८ फागुन, दिलिप साह राजविराज । राजविराज सदरमुकाममा दुई दिन यता लगातार दुई वटा नीजि विद्यलायमा तीन वटा बम फेला परेको छ । मगलबार राजविराज–९ स्थित पिस जोन मोडेल स्कुल अगाडि दुई वटा बम फेला परेको त्रास कम नहुँदै बुधबार बिहान राजविराज–५ स्थित लक्ष्मी बोर्डिङग स्कूलमा एउटा बम फेला परेको छ ।

विद्यालय परिसरको मूल गेटमै बम फेला परेको प्रहरीले जनाएको छ । यस अघि पिस जोनमा मगलबार विहान एउटा बम विद्यालय प्रांगणमै र अर्काे बम विद्यालयबाट करिब एक सय मिटरको दूरीमा फेला परेको थियो  । बुधबार फेला परेको बमलाई राजविराजस्थित नेपाली सेनाको श्रीकृष्ण गणको प्राबिघिक टोलीले निष्कृय पार्न लागेको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता एवं डिएसपी दानबहादुर कार्कीले जानकारी दिएका छन  ।

यसैबीच जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले उक्त बम आफ्नो समूहले राखेको बताएकोे छ । घटनास्थलमा जनतान्त्रिकको पर्चा समेत फेला परेको छ ।तराईमा भुमीगत भई आन्दोलन गर्दै आएका मोर्चाले बिभिन्न समयमा गरेको बन्द कार्यक्रमको अवज्ञा र असहयोग गरेका कारण सो कार्यबाही गरीएको मोर्चाद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया