१९ फागुन, इटहरी । जनता बहुमुखी क्याम्पस इटहरीमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अखिल क्रान्तीकारीले फर्जी मतदान गराउन खोजेको भन्दै विवाद भएपछि केहिबेर निर्वाचन रोकीएको थियो ।

क्रान्तीकारीले एक जना विद्यार्थीको नाममा अर्कै व्यक्तिलाई मतदानका लागि पठाएपछि नेपाल विद्यार्थी संघका विद्यार्थीहरुले पक्राउ गरेपछि विवाद सुरु भएको थियो । निर्वाचन जारी रहेको समयमा विवाद भएपछि तत्कालका लागि निर्वाचन कार्य रोकिएको र सो विषयमा निर्वाचन समन्वयन समिति ,निर्वाचन समिति र विद्यार्थी संगठनहरु छलफल पछी फर्जी मतदान गर्ने ब्यक्ती लाइ कार्वाही गर्ने भएपछी निर्वाचन भएको थियो ।

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अन्र्तगत सुनसरीका तिन क्याम्पसहरुा निर्वाचन शान्ति पुर्ण रुपमा भएको छ । जिल्लामा रहेका सात स्ववियुका निर्वाचन हुने क्याम्पस मध्ये दुई वटा क्याम्पसमा निवार्चन हुन सकेको छैन भने । एउटामा मंगलवार भएको निर्वाचनमा नेपाल विद्यार्थी संघको प्यानल विजयी भइसकेको छ ।

सप्तकोशी क्याम्पस महेन्द्रनगरमा हिजो भएको निर्वाचनमा नेपाल विद्यार्थी संघको प्यानल नै विजयी भएको हो । निर्वाचन समितीले दिएको जानकारी अनुसार स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका उम्मेद्धार प्रतिक राई ८७ मत ल्याएर विजयी भएका छन् । उनका निकटम प्रतिद्धन्दि अनेरास्यवियुका महेश अधिकारीले ७४ मत ल्याएका थिए । यस्तै सचिवमा नेविसंघकै विशाल भण्डारी ८४ मत ल्याएर विजयी भएका छन् उनका प्रतिस्पधी अनेरास्यवियुका सविन राईले ७५ मत ल्याएका थिए । यता कोषाध्यक्षमा भने नेविसंघकै विष्णुमाया मगर यस अघि नै निर्विरोध निर्वाचित भएकी थिएन । सदस्यहरुमा मिन बहादुर कट्वाल,अभिनम मोक्तान, र तारा मगर नेवि संघ निर्वाचित भए ।

क्याम्पसमा १ सय ८५ मतदाता रहेको मध्ये १ सय ७१ जनाले मतदान गरेको निर्वाचन समितीमा सदस्य रमेश काफ्लले जानकारी दिनुभयो । स्ववियु निर्वाचनमा ३ वटा संगठनले सहभागिता जनाएका थिए । नेपाल विद्यार्थी संघ, अनेरास्यवियु र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले सहभागिता जनाएका थिए । यता निर्वाचन प्रक्रियालाई नै अवरोध गर्ने गरी सुनसरी सदरमुकाम इनरुवामा रहेको सुनसरी बहुमुखी क्याम्पसमा मधेशी विद्यार्थी संगठनहरुले निर्वाचन स्थगनको माग राख्दै तालाबन्दी गरेपछि निर्वाचन प्रक्रिया अघि नबढी रोकीएको छ । भने पिण्डेश्वर विद्यापिठमा निर्वाचन प्रकृया अघि वढी सकेपछि दावी विरोध गर्ने दिने दुई विद्यार्थी संगठनले क्याम्पसमा तोडफोड र कागजातमा आग्जनी गरेपछि निर्वाचन अनिश्चीत भएको छ ।

तपाईको प्रतिक्रिया