१९ फागनु, इटहरी। राष्ट्रिय जागृति क्लवले ११ औँ अन्तराष्ट्रिय आमन्त्रण दुबोर्ग इटहरी गोल्डकप फुटबल प्रतियोगिता फागुन २१ गतेबाट सुरु हुने बुधवार इटहरीमा पत्रकार सम्मेलनमा जानकारी दिएको छ । पत्रकार सम्मेलनमा एडिभिजन सहितका ८ वटा टिमको सहभागिता रहने क्लका कार्यबाहक अध्यक्ष सन्तबहादुर डुम्जनले जानकारी दिएको छ । प्रतियोगितामा काठमाण्डौका हिमालयन शेर्पा क्लब, व्वाईज युनियन क्लब, चर्च व्वाईज युनाईटेड क्लवले सहभागिता जनाउनेछन् । यस्तै झापा ११, मोरगं ११ मोरगं, सुनसरी ११ सुनसरी, कञ्चनजंघा स्पोर्टिगं क्लब वेस्टवंगाल र आयोजक राष्ट्रिय जागृति क्लबले प्रतियोगितामा सहभागिता जनाउने छन् ।

पुरस्कारको राशी गतवर्ष भन्दा वृद्धि गरिएको कार्यक्रम संयोजक अनुरोध थापाले जानकारी दिए । यस बर्ष १ लाख थप गरी प्रथमलाई २ लाख प्रदान गरिने भएको छ । यस्तै द्धितिय टिमलाई ५५ हजारबाट बढाएर १ लाख बनाइएको छ ।इटहरीको जनता मा.विको खेल मैदानमा आयोजना गरिने प्रतियोगिताका लागि तयार तिव्र रुपमा भईरहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । इटहरीमा रहेको क्षेत्रीय रंगाशालामा प्राविधिक समस्याका कारण खेल सञ्चालन गर्न नसकिएको पनी पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

तपाईको प्रतिक्रिया