१९ फागुन, इनरुवा। गायक सन्जिब पराजुली र टीका प्रसाईंको गीत ‘नाई मलाई थाहा छैन’ [क्लब मिक्स] मा द कार्टून्ज क्रियु र अलिशा राईको धमाकेदार नृत्य रहेको छ | दुइ दिन अघि यु-ट्युबमा रिलिज भएको यो म्युजिक भिडिओ अहिले नेपालको यु-ट्युब ट्रेन्डमा पहिलो नम्बरमा परेको छ | गायकद्वयको ‘सँग सँगै’ अल्बममा समावेस यो गीत दुइ दिन भित्रै यु-ट्युबमा सर्वाधिक हेरिएको भिडियो बन्न सफल भएको छ |

गीतकार एकनारायण भण्डारी, संगीतकार तथा एर्रेंजर आशिष अविरलको धुनमा सजिएको यस गीतको पहिलो संस्करणमा ‘बाबा एजुकेशन कन्सलटेंसी’को प्रयोजनमा अन्तराष्ट्रिय नृत्य प्रतियोगिता पहिले देखिनै संचालित छ | प्रतियोगितामा सहभागिताको लागि पालन गर्नु पर्ने नियमहरु गायकद्वय सन्जिब पराजुली र टीका प्रसाईं को फेसबुक पेजमा हेर्न सकिन्छ |

तपाईको प्रतिक्रिया