१९ फागुन, विराटनगर। इन्धनको चरम अभाव भएपछि आयल निगमका कर्मचारीको सरुवा गरिएको छ। पूर्वी नेपालमा इन्धनको चरम अभाव भएपछि नेपाल आयल निगमले विराटनगर स्थित क्षेत्रीय कार्यालयको कर्मचारीहरु नै परिवर्तन गरेको हो ।

निगमले विराटनगरस्थित क्षेत्रिय कार्यालयका प्रमुख दिनेश यादवलाई केन्द्रीय कार्यालय तानेको छ । रक्सोल–अमलेखगन्ज पाइपलाइन प्रोजेक्ट प्रमुखका रुपमा कार्यरत भानुभक्त खनाललाई त्यहा पठाएको छ ।

पर्याप्त इन्धन आयल निगमको क्षेत्रिय कार्यालयबाट  वितरण गरे पनि वजारमा सहज आपूर्ति मिलाउन असफल भएको निष्कर्ष निकाल्दै केन्द्रीय कार्यालयले यादवलाई सरुवा गरेको हो । विराटनगर कार्यालयमा चण्डी कार्की र अभिषेक ठाकुरलाई पनि पठाएको छ ।

तपाईको प्रतिक्रिया