१९ फागुन, दिलिप साह राजविराज । बर्षौ देखी बन्द रहेको राजविराज विमास्थल लामो प्रयास पछि संचालन हुने भएको छ । व्यवस्थापिका संसद अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिद्धारा आयोजित राजविराज विमानस्थलको प्रगती सम्बन्धी अन्तरक्रियामा वक्ताहरुले यस्तो बताएका हुन् । प्रतिबेदन सुनाउदै व्यवस्थापिका संसद अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिका संयोजक तथा सांसद प्रभु साहले बर्षौदेखि बन्द रहेका विमानस्थल यथाशिघं्र संचालन हुने बताउनुभयो ।

उहाले विमानस्थलको ३५ प्रतिशत काम पूरा भईसकेको र बाँकी काम असार मसान्त भित्र भई विमानस्थल संचालनमा आउने बताउनुभयो । निर्माणमा खटिएका ईन्जिनियर गोविन्द श्रेष्ठले नेपालको दोश्रो ठूलो विमानस्थलको रुपमा निर्माण हुन लागेको बताउनुभयो । यस विमानस्थलमा १५ सय मिटर लम्वाई र ३० मिटर चौडाई धावनमार्ग निर्माण हुने बताए । ट्याक्सी वेका लागि १ सय ५ मिटर लम्बाई र २० मिटर चौडाई, एप्रोन पार्किङ्गका लागि ९० मिटर लम्बाई र ६० मिटर चौडाई समेतनिर्माण हुन लागेको उहाले जानकारी दिनुभयो ।

सो धावन मार्ग तथा विमानस्थलको लागि कुल ३० करोड ३० लाख ७४ हजार ५ सय २८ रुपैया बराबरको लागत निर्माण हुने समेत जानकारी दिनुभयो । सो कार्यक्रममा सप्तरी क्षेत्र नं. २ का नेकपा माओवादीका सांसद अशोक कुमार मण्डल अमरले बर्षौ पछि निर्माण हुन लागेको विमानस्थल देशकै नमुना विमान स्थल बन्ने बताउनुभयो । विमानस्थल निर्माण हँुदा जिल्लाको आर्थिक स्तर बृद्धि हुनुका साथै जनतालाई राजधानी सम्म पुग्न सहज हुने बताउनुभयो ।

उहाले भन्नभयो– ‘लामो प्रयास पछि विमानस्थल बन्न लागेकोले यहाँका स्थानिय जनताहरु खुशी देखिएको छ ।’ कार्यक्रममा माननीय सांसद केशरी धर्ती मगर, जितेन्द्र नारायण देव, पुष्कर आचार्य, प्रभादेवी बज्राचार्य, भरत बहादुर खडका, राज्यलक्ष्मी श्रेष्ठ, राधा देवी तिमिल्सिना र प्रमुख जिल्ला अधिकारी उधव प्रसाद तिमिल्सिना सहितको व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया