२० फागुन सुमन भट्टराई इटहरी। नेपाल प्रेस युनियन सुनसरीले नेपाल पत्रकार महासंघ सुनसरीकोे नवनिर्वाचित कार्यसमिती तथा प्रदेश तथा केन्द्रिय सभाषदमा निर्वाचित व्यक्तिहरुलाई बधाई तथा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

गत फागुन ७ गते भएको निर्वाचनमा नेपाल प्रेस युनियनको तर्फबाट विजयी हुने पदाधिकारी तथा सभाषदहरुलाई शुभकामना सहित सम्मान गरिएको हो । नेपाल पत्रकार महासंघको नयाँ कार्यकालका लागि नेपाल प्रेस युनियनका तर्फबाट अमर खड्का विजयी हुनुभएको थियो ।
नवनिर्वाचित कार्य समिती अध्यक्ष अमर खड्का, सहसचिव धु्रव ढकाल रहनुभएको छ । यस्तै सदस्यहरुमा विवेक भट्राई ,अजित झा, अर्जुन सुवेदी, टोमराज मेहता,कानुन कार्की, चन्दन गुप्ता र सुनिल चौधरी रहनुभएको छ ।

यस्तै प्रेस युनियनका तर्फबाट केन्द्रीय सभाषद हर्ष सुब्बा, याम प्रधान, सुविद गुरागाईं, इकबाल अहमद, वेदराज पौडेल, हेमराज दाहाल र बाबुराम सुवेदी विजय हुनुभएको थियो । यस्तै १ नम्बर प्रदेश सभाषदहरुमा सचिन पोख्रेल, सन्तोष यादव, धनबहादुर पुरी, पवन अधिकारी, गणेश निरौला, बाबुराम कार्की लगायतका पत्रकारहरु विजयी हुनुभएको थियो । विजयी हुने सवै पदाधिकारी तथा सभाषदहरुलाई नेपाली काँग्रेस सुनसरीका सभापती राजिव कोइरालाले सम्मान गर्नुभएको थियो । उहाँहरुलाई प्रमाण पत्रका सम्मान गरिएको थियो ।

नेपाली काँग्रेस सुनसरी सभापती राजिव कोइरालाले विजयी सवैलाई बधाई तथा शुभकामना दिनुभयो । कार्यक्रममा बोल्दै सभापती कोइरालाले युनियनको निष्ठा र छविलाई उचाइमा पु¥याउँदै स्वतन्त्र प्रेसको अस्तित्व स्थापित गराउन भूमिका निर्वाह गर्न सवैलाई आग्रह गर्नुभयो ।
यस्तै कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष अमर खड्काले पत्रकार महासंघ सुनसरीलाई नयाँ र सृजनशिल ढंगले अगाडि लिएर बढ्ने प्रतिबद्दता व्यक्त गर्नुभयो । कायक्रममा नेपाली काँग्रेस सुनसरी सचिव केदार भण्डारी, प्रेस युनियन पूर्वाञ्चल संयोजक लिलाबल्लभ घिमिरे बोल्नुभएको थियो । कार्यक्रममा प्रेस युनियन सुनसरी अध्यक्ष गणेस निरौलाको अध्यक्षमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया