२० फागुन, सुमन भट्टराई। सुनसरीको इटहरीमा रहेको अविरल बचत तथा ऋण सहकारी संस्थाले आफनो छैठों वार्षिक उत्सवको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

स्थापना दिवसको अवसरमा सहकारीले आयोजना गरेको रक्तदानमा ५४ जनाले रक्तदान गरेको आयोजक समितिका डिल्लीराज भण्डारीले जानकारी दिनुभयो । हरेक वर्ष वार्षिक उत्सवका अवसरमा विभिन्न कार्यक्रम गरी मनाउदै आएको अविरल वचत तथा क्रृण सहकारी संस्थाले रक्तदानलाई प्राथमिकता दिएको संस्थाका अध्यक्ष विक्रम घिमीरेले बताउनुभयो ।

तपाईको प्रतिक्रिया