महोत्तरी, २ मङ्सिर / पेट्रोलियम पदार्थ तस्करी गरेको भन्दै संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले महोत्तरीमा तीनवटा भारतीय नम्बरका मोटरसाइकलमा आगजनी गरेका छन् । गए राति गैँडाभेटपुरमा मोर्चाका कार्यकर्ताले ती मोटरसाइकल नियन्त्रणमा लिएर आगजनी गरेका हुन् ।गाउँबाट टाढा एकान्त ठाउँमा तीन मोटरसाइकल जलेको अवस्थामा फेला परे पनि मोटरसाइकल धनी र मोटरसाइकल नम्बर भने नखुलेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो ।प्रहरी उपरीक्षक भट्टराईका अनुसार प्रत्यक्षदर्शीले मोटरसाइकलमा आगजनी भएको जानकारी दिएपछि प्रहरी राति नै घटनास्थलमा पुगेको थियो । तर रातिको समय भएकाले कसैलाई पक्राउ गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।सीमावर्ती भारतीय बजारबाट पेट्रोलियम पदार्थ लिएर आउँदै गर्दा मोटरसाइकलमा आगजनी भएको हुनसक्ने प्रहरीको अनुमान छ ।पुर्वेलिन्युजबाट

 

तपाईको प्रतिक्रिया