२१ फागुन, मिकाइल आलम इनरुवा। सुनसरीको सीमा क्षेत्रमा प्रहरीले केहि दिनयता चेकजाँचमा कडाई गर्दै लगेको छ । सरकारले आगामी २०७३ वैशाख ३१ गतेका लागि घोषणा गरेको स्थानीय निर्वाचन लाई लक्षित गरी सीमा क्षेत्रमा तैनाथ प्रहरीले केहि दिनयता चेकजाँचमा कडाई गर्दै लगेका हुन ।

सुनसरीको सीमावर्ती क्षेत्रमा तैनाथ सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले स्थानीय तह निर्वाचनको लागि सुरक्षा व्यवस्थामा कडाई गरेको बताएका छन् । २० वर्ष देखि हुन नसकेको स्थानीय तहको निर्वाचन सरकारले आगामी वैशाख ३१ गते गर्ने मिति तोकेपछि सुनसरीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली सीमा क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाई गरेका हुन् । सुनसरीका प्रहरी उपरिक्षक पोषराज पोखरेलका अनुसार स्थानीय तह निर्वाचनको मिति सरकारले घोषणा गरेपछि जिल्लाका सीमावर्ती क्षेत्रहरुमा सुरक्षा रणनिति बनाएर सुरक्षा व्यवस्थामा प्रहरीले कडाई गरेको बताए । पोखरेलले सीमा क्षेत्रमा शान्ति व्यवस्था कायम गर्न र सरकारले घोषणा गरेको स्थानीय निर्वाचनका लागि आफुहरुले ध्यान केन्द्रित गरेको बताए ।

पोखरेलले नेपाल प्रहरी स्थानीय चुनाव गराउनका लागि सुरक्षा व्यवस्था मजुबत बनाउनका लागि जुटि सकेको बताए । प्रहरी उपरिक्षक पोखरेलले जनतालाई शान्ति सुरक्षा दिनका लागि नेपाल प्रहरी लागि परेको बताउँदै अपराधिक क्रियाकलाप भएको देखेमा तुरुन्त नजिकको प्रहरी कार्यालयमा जाकारी गराउन सर्वसाधारण सँग आग्रह समेत गरे ।

यसैगरी सशस्त्र प्रहरी बल सुनसरीका प्रमुख रमेश कुमार सुवेदीले केन्द्र बाट आएको निर्देशन अनुसार आफुहरु स्थानीय निर्वाचन लाई लक्षित गरी सीमा क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाई गरेको बताए । सुवेदीले नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच संयुतm रुपमा सुरक्षा व्यवस्था बढाउने भएको निर्णय अनुसार सीमावर्ती क्षेत्रमा चेकजाँचमा कडाई गरिएको बताए ।

सुवेदीले सशस्त्र प्रहरी जिल्लाको सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था मजबुत गरी अपराधिक क्रियाकलाप नियन्त्रण गर्न प्रतिबद्द रहेको दावी गरे । सुवेदीले आफुहरु लाई शान्ति सुरक्षा कायम गर्नका लागि कुनैपनि किसिमको अपराधिक क्रियाकलाप भएको पाइएमा जानकारी गराई सहयोग गरिदिन आग्रह समेत गरे । सीमा क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले चेकजाँचमा कडाई गरेपछि भारतीय बजार बाट अवैध रुपमा तस्करी गरी विभिन्न सरसामान ल्याउने तस्करहरुको संख्यामा कमि आउन थालेको जिल्लाका सीमावर्ती क्षेत्रका स्थानीयहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया