२१ फागुन, झापा। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियानको शुभारम्भ भएको छ । संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि, स्वाभिमान, राष्ट्रिय एकताका र सामाजिक सद्भावका लागि गरिएको सो १५ दिने राष्ट्रिय अभियानको शनिबार दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओलीले कांकडभित्ताबाट सुभारम्भ गरेका हुन् ।

वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, भीम रावल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ, सत्यनारायण मण्डल लगायतका नेताको सहभागिता रहेको कार्यक्रममा अध्यक्ष ओलीले पार्टीको प्रदेश नं का संयोजक भीमप्रसाद आचार्यलाई राष्ट्रिय झन्डा र पार्टीको झन्डा हस्तान्तरण गरेर अध्यक्ष ओलीले अभियानको शुभारम्भ गरेका थिए । शुभारम्भ सभापछि अहिले शीर्ष नेतासहितको र्याली कांकडभित्ताबाट विर्तामोडतर्फ लागेको छ ।

तपाईको प्रतिक्रिया