संसारमा निकै सफल र प्रतिष्ठित व्यक्तिको बाल्यकाल र शिक्षाका विषयमा विश्वासै गर्न नसकिने समाचारहरु सार्वजनिक भैरहन्छन् । पाँच कक्षामा २ पटक र आठ कक्षामा ३ पटक फेल भएको व्यक्तिले भविष्यमा केहि गर्ला भनेर परिवार अनि समाजले कमै अपेक्षा राखेको हुन्छ ।तर यस्तै अवस्थाबाट गुज्रिएका एक व्यक्ति आज २० खरबका मालिक मात्रै बनेनन् संसारका प्रतिष्ठित व्यक्तिमा समेत गनिएका छन् ।तपाँइले अलिवावाको बारेमा त सुन्नु भएकै होला । विश्वकै अग्रणी इकमर्स कम्पनी अलिवावाका संस्थापक चिनका ज्याक मा जसको अहिलेको सम्पत्ति झण्डै २० खरब रुपैंया छ ।तिनै ज्याक कुनै समय पाँच कक्षामा २ पटक र आठ कक्षामा ३ पटक फेल भएका थिए । त्यति मात्रै होइन उनलाई युनिभर्सिटीमा भर्नाका लागि १०औं पटक रिजेक्ट गरिएको थियो । जागीरका लागि उनलाई ३० पटक अयोग्य मानिएको थियो । तर तिनै व्यक्तिले स्थापना गरेको अलिवावा आज विश्वकै नम्बर १ इकमर्स कम्पनी बनेको छ ।उनी भन्छन- ‘गल्तीनै ठुलो पाठहो जीवनमा ‘। ‘२० वर्षको उमेर सम्म अध्ययन गर्नुहोस अनि २५ वर्षको उमेर सम्म धेरै गल्ती गर्नुहोस,’ आफ्नो जीवनको अनुभव साट्ने क्रममा ज्याकले भने – ‘गल्ती सँग नभाग्नुहोस, हरेक गल्तीमा संभावना खोज्नुहोस ।’३० वर्षको उमेरमा सानो कम्पनीबाट काम शुरु गर्नु राम्रो हुने ज्याकको भनाइ छ । सानो कम्पनीमा धेरै थरी काम गर्ने मौका मिल्छ भन्ने ज्याकको बुझाइ छ । एभरेस्ट दैनिक बाट ।