सुनसरी फागुन २२/सुनसरी सुनसरीमा आज दोस्रो समेत पोलियो थोपा कार्यक्रम संचालनमा आउन सकेन् । प्रमुख जिल्ला अधिकारी सहितको टोलीले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हिजो पोलियो थोपा कार्यक्रम औपचारिक सुरुवात गरेपनि स्वास्थ्यकर्मीहरु काममा फर्कन नमानेपछि जिल्लामा आज दोस्रो दिन समेत अभियान संचालनमा आउन नसकेको हो ।

जारी आन्दोलनमा स्वास्थ्यकर्मी ट्रेड युनियन पूर्वाञ्चलकै अगुवाई गर्दै आएका सुनसरीका स्वास्थ्यकर्मीहरुले जिल्ला स्वास्थ्य कार्यालयमा धर्ना जारी राखेपछि सुनसरी सहित आसपासका जिल्लामा पोलियो थोपा कार्यक्रम प्रभावित बनेको छ । प्रशासनले पोलियो थोपा कार्यक्रम संचालन गराउने प्रयास गरेपनि स्वास्थ्यकर्मीहरुको असहयोगका कारण सम्भव हुन सकेन् । स्वास्थ्य मंत्रालयले अटेर गरी कार्यक्रम बहिस्कार गर्ने स्वास्थ्यकर्मीहरुको सूचि तयार पारी कार्वाहीको तयारी गरिरहँदा स्वास्थ्यकर्मी ट्रेड युनियन संघर्ष समितिले छुट्टै मिति घोषणा गरी अभियान प्रभावित भएका जिल्लाहरुमा पोलियो थोपा कार्यक्रम संचालनमा ल्याइने जनाएको छ ।

तपाईको प्रतिक्रिया