२२ फागुन, इनरुवा। इनरुवाको कमल टाकिजमा शनिबार युवा पुष्ता माझ निकै चर्चित प्रेरक वक्ता सौनक भट्टको मोटिभेसनल कन्सर्ट सम्पन्न भएको छ।

पुर्व निर्धारित समय भन्दा करिब एक घण्टा ढिलो कार्यक्रम सुरु भएको थियो। करिब ४०० भन्दा बढी युवाहरुको उपस्थिति रहेको उक्त कार्यक्रम अबधि भर नत सौनक आफुले विश्राम लिए नत हल भित्र उपस्थित दर्शकहरुलाई विश्राम दिए।

एशिया स्तरका  प्रेरक वक्ता मानिने सौनकले नया युवा पिढीले कसरी आफ्नो लक्ष्य प्राप्ति गर्ने, आफुले आफैलाई कसरी चिन्ने, आफ्नो व्याक्तित्वको विकाश कसरी गर्ने, आत्मबल कसरी बढाउने, अभिभाव तथा आमा बुबा प्रतिको दायित्वलाई कसरी पहिचान गर्ने आदि जस्ता बिषयहरुमा करिब ४ घण्टा लामो विभिन्न उदाहरणहरुका साथमा मन्त्र मुग्ध वाचन गरेका थिए।

सौनकले कार्यक्रमको बिचमा हलमा भएका दर्शकलाई ४५ मिनेटको मेडिटेशन समेत गराउन भ्याएका थिए। कार्यक्रममा स्थानिय र्यापर शुसान्तले आफ्ना दुई शब्द गुनगुनाई स्व. र्यापर यम बुद्दलाइ श्रद्दाञ्जलि प्रकट गरेका थिए।

द चेन्ज ग्रुपको आयोजनामा भएको उक्त कार्यक्रमको प्रायोजन भने N-CDMC नामक संस्थाको रहेको थियो। कार्यक्रममा अथितिको रुपमा यातायात राज्य मंत्री सीताराम मेहता, स्थानिय निकायका प्रतिनिथि, आवर ईङ्गलिस स्कुलबाट बिदुर बराल, ईनरुवा अनलाईनका प्रतिनिथि लगायतको उपस्तिथि थियो।

कार्यक्रम समापन पश्चात आज दिउसो आयोजक टिमका सदश्यहरुलाई करिब ४ घण्टा लामो विशेष अन्तरक्रिया कार्यक्रम होटल क्लासिकमा सौनकले सञ्चालन गरेका थिए।

यो पनि पढ्नुहोस्: सौनक भट्ट कन्सर्टको तयारी पुरा, इनरुवाका युवाहरु कन्सर्टको प्रखाईमा

 

तपाईको प्रतिक्रिया