एमालेको मेची महाकाली अभियानको टोली इनरुवा, लौकही, कोशी ब्यारेज हुँदै सप्तरी प्रवेश गरेको छ। झुम्का हुँदै इनरुवामा सभा गेरेको एमालेले अभियानले राष्ट्रिय एकता कायम गर्ने बिश्वास लिएको छ। इनरुवामा मोर्चले कालो झ्न्डा देखाए भने पुलिसले प्रदर्शनकारीलाइ लखेटेका थिए। बसमा ढुङ्गा हन्ने मोर्चाका नेता  दुहबि निवासी रन्जित गोस्वमीलाई पुलिसले नियन्त्रनमा लिएको छ।

यसै बिच एमालेकाे मेची महाकाली अभियानकाे प्रचार गर्दै हिडने गाडीमाथी संघीय समाजवादी फोरम नेपालकी पूर्व महिला साभासदले इनरूवामा जुत्ता प्रहार गरेकी छिन। एमालेकाे अभिब्याक्तीप्रति रूष्ट देखिएकी पूर्व सभाषद यादवले बिच सडकमै एमालेकाे गुडीरहेकाे प्रचारकाे गाडीलार्इ अाफ्नाे दुवै खुट्टाकाे जुत्ता खाेलेर प्रहार गरेकी थिइन । यतिमा पनि उनकाे रिस शान्त नभएपछि उन्ले ढुंगा प्रहार गर्न खाेज्दा प्रहरीले नियन्त्रणमा लिएकाे थियाे ।

तपाईको प्रतिक्रिया