२३ फागुन, सप्तरी। मधेसी मोर्चाका कार्यकर्ताले एमाले कार्यक्रम बिथोल्ने प्रयार गरेपछि प्रहरीले बल प्रयोग गरेको छ। सभा चलिरहँदा मोर्चाका कार्यकर्ताले एमाले कार्यक्रम लक्षित ढुंगा मुढा प्रहार गरेपछि त्यसको प्रतिकारमा प्रहरीले गोली चलाएको थियो।

कार्यक्रमको विरोधमा रहेका मोर्चा कार्यकर्ता र प्रहरीबीच झडप हुँदा मलेठ गाविस वडा नं २ बस्ने संजन मेहेताको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले बताए। १०० जनाभन्दा बढी घाइते भएका छन्। एमालेको मेची-महाकाली अभियान अन्तर्गत तेस्रो दिन सप्तरीको राजविराजमा आम सभाको कार्यक्रम थियो।

तपाईको प्रतिक्रिया