२३ फागनु, दिलिप साह राजविराज । एमालेद्वारा सप्तरीको गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा आयोजित जनसभामा प्रहरी र मोर्चा बिच झडप हुँदा चार जनाको मृत्यु भएको छ भने दुई दर्जन भन्दा बढी घाइते भएका छन ।

प्रहरी र मोर्चा बिचको झडपमा हुँदा २५ जना घाइते भएको छ । घाइतेहरुमा मलेठ– ७ निवासी ४५ वर्षीय भिमराज यादव, सोही ठाउँका ३६ वर्षीय निरज साह, कोचाबखारी –३ निवासी ४५ सुरेन्द्र यादव, विसहरिया वस्ने ४० बर्षीय लक्ष्मण यादव देउरी भरुवा वस्ने ४४ वर्षीय डम्बर साह, राजविराज– ३ वस्ने ३५ वर्षीय दिनेश कु साह, त्रिकौल–७ वस्ने २३ वर्षीय मुकेश यादव, मधेपुरा–१ वस्ने ४५ वर्षीय शोभा लाल यादव, मलेठ–३ वस्ने १५ वर्षीय राधेश्याम मण्डल, डिमनका झुटकी वस्ने २८ वर्षीय विरेन्द्र यादव, राजविराज–९ वस्ने ३५ वर्षीय सतिस सिंह, राजविराजकै २८ वर्षीय मचन चौधरी, वसविट्टी मुसहरनिया वस्ने ३२ वर्षीय विष्णु यादब, धरमपुर–१ वस्ने ५० वर्षीय दामोदर ढकाल, दिघवा वस्ने १९ वर्षीइ शंकर कु माण्डल, मलेकपुर–५ वस्ने जयनारायण यादव रहेका छन् । रिफर हुनेहरुमा सुरेन्द्र साह, दिलिप यादव, पुनम यादव, साध्ना झा, इन्द्रदिप कु यादव र अर्जुन यादव रहेका छन् ।

तपाईको प्रतिक्रिया