फागुन २४ इनरुवा /सप्तरी घटनाको विरोधमा मधेशी मोर्चाका कार्यकर्ताहरुले विहानैबाट सुनसरीमा समेत प्रर्दशन थालेका छन् । एमाले विरोधी नाराबाजी गर्दै मोर्चा कार्यकर्ताहरु सडमका उत्रिएका छन् ।


पूर्व पश्चिम राजमार्ग अन्र्तगत इनरुवा बस चौक खण्डमा मोर्चाका कार्यकर्ताहरु सडकमै बसेर नाराबाजी गरिरहेका छन् । सडकमा बायर बालेर प्रर्दशनमा उत्रिएका मोर्चा कार्यकर्ताहरुले मोटरसाइकल र आकस्मिक सेवाका बाहेक अन्य कुनैपनि सवारीका साधन संचालनमा आउन दिएका छैनन् ।

बन्दको सुनसरी सदरमुकाम इनरुवा सहित लौकही, भाण्टावारी र दुहवीमा बढी प्रभाव देखिएको छ । जिल्लाको उत्तरी भेगमा भने बन्दको प्रभाव देखिएको छैन् । मोर्चाले छिटफुट खुलेका बजार पसल समेत बन्द गराएका छन् । काठमाण्डौंबाट छुटेका रात्री बसहरुलाई प्रहरीले विहान सवेरै स्कटिङ गरी गनतब्य तर्फ पठाएपनि अवेरगरी कोशी ब्यारेजबाट सुनसरी तर्फ छिरेका सवारी विच बाटोमै अलपत्र परेका छन् ।

तपाईको प्रतिक्रिया