काठमाडौं, मंसिर २/एमाओवादी अध्यक्ष प्रचण्डमार्फत बाहिर आएको सीमांकन हेरफेरबारे कुनै सम्भावना नभएको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले निष्कर्ष निकालेक छ। प्रदेशको सीमांकनलगायतका विषयमा मधेसवादी दलहरू आन्दोलित छन्। उनीहरूको समस्या समाधानका लागि भनेर सत्तारूढ दल एमाओवादीका अध्यक्ष प्रचण्डले सीमांकन हेरफेरबारे प्रस्ताव राखेका थिए। विभिन्न सञ्चार माध्यमले सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल कांग्रेसको शीर्ष नेतृत्वले मधेसवादी दलका नेताहरुसँग यस विषयमा बुधबार निर्णायक वार्ता गर्ने भनिएपनि कांग्रेसले यस्तो वार्ताबारे आफूलाई कुनै जानकारी नभएको स्पष्ट पारेको छ।
बुधबार बिहान बसेको कांग्रेस पदाधिकारी बैठकपछि कुरा गर्दै कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले भने, ‘वार्ताबारे कुनै खबर आएको छैन।’ त्यसैगरी उनले वार्तामा प्रमुख प्रतिपक्षी दलको नेतृत्वलाई डाक्ने प्रक्रिया भएको उल्लेख गर्दै आफ्नो दल कतिबेला सत्तापक्षले (सेनाको प्रधानसेनापतिले) बोलाउला र हाजिर हौउला भनि पर्खि बसेको सेना जस्तो नभएको पनि बताए।