२४ फागुन, दिलिप साह राजविराज । प्रहरीको गोली लागेर संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको तीन कार्यकर्ताको मृत्यु भएपछि मधेश बन्दको आहृवान गरेको मोर्चाको आन्दोलन उग्र बन्दै जाँदा सप्तरीको सदरमुकाम राजबिराजमा कर्फ्यु आदेश जारी गरेको छ । अर्को आदेश नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज र त्यस वरिपरिका क्षेत्रमा वा आन्दोलन प्रभावित क्षेत्रमा कर्फ्यु लगाएको हो ।

मंगलबार साँढे १२ बजेबाट कफ्र्यु आदेश जारी गरेको हो । मोर्चाका कार्यकर्ताहरुले नेपाल टेलिकमको कार्यलय, सप्तरी नगरपालिका कार्यालय तोडफोड, राष्ट्रिय वाणिज्य वैंकमा तोडफोड गर्नुका साथै स्थानिय शान्ति समितीको कार्यालय र जिल्ला वन कार्यालयमा आगजनी गरेको छ ।

आगलागीबाट स्थानिय शान्ति समितीको कुर्सी, टेवुल र केहि आवश्यक कागजपत्र जलेको छ भने वन कार्यालयमा समान्य क्षति भएको छ ।
बिहानैदेखि सप्तरी सदरमुकाम राजविराज, रुपनी, कन्चनपुर लगायत मुख्य शहर र सडकम चोकमा टायर बालेर प्रदर्शन र नारावाजी गर्दै प्रदर्शनकारीहरुले मानवअधिकार आयोगको गाडीमा तोडफोड गरी जिल्ला प्रशासन कार्यलय घेराउ गरेको छ ।

सदरमुकाम राजविराजको परिस्थितिलाई नियन्त्रणमा लिन कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत जनक कोइरालाले जानकारी दिए । कोइरालाका अनुसार सोमबारबाट सुरु भएको तनाव मंगलबार दिउँसो झनै जटील बन्दै बनेपछि कर्फ्यु आदेश जारी गर्नुपरेको बताए ।

तपाईको प्रतिक्रिया