इनरुवा फागुन २४/आइतवार बेलुका क्लाशिक होटल अघि दुर्घटनामा परेका उमेशको अवस्था गम्भिर रहेको छ ।

राती ९ बजेतिर सडक किनारमा हिड्दै गरेका इनरुवा १ का उमेश कोइरालालाई तिव्र गतिमा रहेको को २७ प ९३१३ नम्वरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

इनरुवा ६ का मोति यादवले चलाएको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएपनि यादव भने फरार रहेको प्रहरीले जनाएको छ । चालकले मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

घाइते उमेशको न्यूरो हस्पिटल बिराटनगरमा भेन्टिलेटरमा राखेर उपचार भैरहेको छ । घाइते उमेशको अवस्था इन्तु र चिन्तु रहेकाले यसै भन्न नसकिने प्रहरीको भनाई छ । घाइतेका दाजु विष्णु कोइरालाका अनुसार गम्भिर अवस्थामा उमेशको उपचार जारी छ ।

तपाईको प्रतिक्रिया