२४ फागुन, राजविराज । मलेठ घटनाको विरोधमा  जिल्ला भरिका कानूनव्यवसायीहरुले आज अपरान्ह राजविराजमा मौन जुलुस प्रदर्शन गरेका छन ।

जनकपुर उच्च अदालत राजविराज ईजलास बार एसोसिएसन, सप्तरी जिल्ला जिल्ला बार ईकाईले मौन जुलुस निकालेको हो । घटनाको विरोध गर्दै निकालिएको कानूनव्यवसायीहरुको जुलुस नगरको विभिन्न भाग परिक्रमा गरेको छ । जनकपुर उच्च अदालत राजविराज ईजलास बार एसोसिएसन र सप्तरी जिल्ला बार ईकाईले घटना छानविन गर्नकालागि संयुक्त छानबिन टोली समेत गठन गरेको छ ।

उच्च अदालत बार ईकाईका संयोजक विजय कुमार यादवको संयोजकत्वमा ११ सदस्यीय टोली गठन गरेको हो । टोलीले मङ्गलवारै घटनास्थल पुगेर जानकारी लिएको टोलीका सदस्य अधिवक्ता सागरवीर कडारीले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया