२५ फागुन, इनरुवा। सप्तरी घटनामा प्रहरीको गोली लागि घाइते भएका थप एक जनाको मृत्यु भएको छ । गोली लागि घाइते भएका सप्तरी मलेठ गाविस २ का वीरेन्द्र महतोको उपचारका क्रममा धरानमा मृत्यु भएको हो ।

नेकपा एमालेको मेची–महाकाली अभियानअन्तर्गत सप्तरीमा भएको कार्यक्रम विथोल्न खोज्ने प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको थियो । प्रहरीको गोली लागि यसअघि सन्जन मेहता, पिताम्बर मण्डल र आनन्द साहको मृत्यु भएको थियो ।

सप्तरी घटनाको बिरोधमा मधेसी मोर्चाले आह्वान गरेका दुई दिने मधेस बन्दको दोस्रो दिन पनि त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । मोर्चा कार्यकर्ताले बिहानैदेखि बिरोध प्रदर्शन गरिरहेका छन् । उनीहरुले एमालेका नेता कार्यकर्तालाई सामाजिक बहिस्कार गर्ने भन्दै जिल्लास्थित एमाले कार्यालयमा आक्रमण गरेका छन् । अप्रिय घटना हुन नदिन प्रहरीले सुरक्षा कडा बनाएको छ ।

तपाईको प्रतिक्रिया