२५ फागुन, इटहरी । सुनसरीको इटहरीमा जारी ११ औँ अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको हिजो भएको खेलमा डिमाइन व्वाइज युनियन क्लव काठमाडौले दार्जेलिगंको कंचनजंगा स्पोटिगं क्लवलाई १ का विरुद्ध ० गोलले पराजित गरि सेमिफाइनलको खेलमा स्थान पक्का गरेको छ ।

इटहरीको जनता स्कुलको खेल मैदानमा भएकोे प्रतियोगितामा पहिलो हाफ सम्म दुवै टिमबाट गोल हुन सकेको थिएन । अत्यन्तै कडा प्रतिस्पर्दामा खेलको दास्रो हाफमा डिमाइनका वर्तमान राईले लामो दुरी देखि एक्लैले बल अघि बढाउदै लगेर विपक्षीको गोल पोष्टको जाली चुमाएपछि खेल डिमाइनको पक्षमा आएको हो । दोस्रो हाफको ७ मिनेटमै खेलका म्यान अफ द म्याच समेत घोषित भएका बर्तमान राईले गरेको गोल नै डिमाइनको जितको पयाप्त बन्यो ।

बुधवारमा प्रतियोगिताको पहिलो सेमिफाइनल एपिएफको पुर्वाञ्चल टिम र चर्च व्वाइज क्लव काठमाडौ विच हुने आयोजक राष्ट्यि जागृति क्लव इटहरीका अध्यक्ष संजिव ढुंगानाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया