२५ फागुन, इटहरी । सप्तरी घटनाको विरोधमा आह्वान गरेको मधेश बन्दको प्रत्यक्ष प्रभाव सुनसरीको दुहबीमा पनि परेको छ । मधेशी मोर्चाका कार्यकर्ताहरुले हिजै बिहानदेखि नै दुहबी बजारमा सप्तरी घटना, सुरक्षा निकाय र एमालेको विरोधमा चर्को नाराबाजी गर्दै प्रदर्शन गरेका छन् ।

यस क्रममा मोर्चाका कार्यकर्ताहरुले दुहबी बजार बन्द गराउनुका साथै कोशी राजमार्ग अन्तरगत दुहबी भएर चल्ने सवारी साधन सञ्चालनमा अबरोध गरेका छन् । मोर्चाका कार्यकर्ताहरुको नियमित प्रदर्शन, बजार बन्द तथा यातायात ठप्प हुदा यस क्षेत्रको जनजीवन प्रत्यक्ष प्रभावित बनेको छ ।

बजार क्षेत्रमा मोर्चाका कार्यकर्ताहरुको पस्थितिसगैं कुनै अप्रिय घटना हुननदिन दुहबी बजार र राजमार्ग क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । दुहबी क्षेत्रमा आन्दोलनको नेतृत्व गरिरहेका संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य रञ्जित गोश्वामीले सप्तरी घटनाको कडा शव्दमा निन्दा गर्दै सो को विरोधमा गरिको आन्दोलन दुहबीक्षेत्रमा शान्तिपूर्ण हुने बताउनुभयो ।

तपाईको प्रतिक्रिया