बलिउडका ख्यातीप्राप्त अभिनेता अमिताभ बच्चनले लैंगिक समानतालाई बल पुर्याउन आफ्नो सम्पत्तिको आधा भाग छोरी श्वेता नन्दालाई पनि दिने घोषणा गरेका छन्। ७४ वर्षीय सुपरस्टारले आफ्नो ट्विटर अकाउन्टमा यसको घोषणा गर्दै लेखेका छन्, ‘हामी समान हौं…लैगिक समानता।’उनले आफ्नो निधनपछि आफ्नो सम्पत्तिमा छोरा अभिषेक र छोरी स्वेताको बराबरी भाग लाग्ने बताए।

लैगिक समानताकै विषयमा आधारित ‘पिकं’ फिल्ममा अमिताभले प्रभावशाली अभिनय गरेका थिए। उनी अभिनित ‘सरकार–३’ रिलिजको तयारीमा रहेको छ। एक समय झण्डै टाट पल्टिएका अमिताभसँग हाल करिब २८०० करोड भारू बराबरको अचल सम्पति रहेको छ। सन् २०१५ मा उनलाई बलिउडका दोस्रा सबैभन्दा धनी अभिनेता घोषणा गरिएको थियो।

उनले वार्षिकरूपमा ६ देखी १० करोड भारू कर तर्छन्। उनको सम्पतिमा उनीसँग रहेका जग्गा जमिन, नगद-पैसा, विलासी गाडीहरू तथा घरहरू पर्छन्। त्यस्तै उनीसँग महँगा घडी तथा पेन्टिङहरूको संग्रह समेत रहेको छ।

लामो समयदेखी बलिउडमा निरन्तर सक्रिय अमिताभले हाल पनि राम्रो कमाइ गर्दे आएका छन्। आमिताभ वार्किक कमाइ २५ देखी ३० करोड भारूको बिचमा रहँदै आएको छ। उनले फिल्म, विज्ञापन आदिबाट यो आम्दनी गर्ने गर्छन्। एजेन्सी

तपाईको प्रतिक्रिया