फागुन २५,इनरुवा /राजविराज घटनाको विरोधमा मधेशी मोर्चाले आह्वान गरेको दुई दिने मधेश वन्दको अन्तिम दिन मोर्चाले सदरमुकाम इनरुवामा विरोध जुलुस प्रर्दशन गर्नुका साथै कोणसभा गरेको छ । बन्द सफल पार्न मोर्चाका कार्यकर्ताहरु विहानै देखि सदरमुकाम इनरुवामा टायर वाली प्रर्दशनमा उत्रिएका थिए ।

बन्दको प्रभाव सदरमुकाम इनरुवा ,भाण्टावारी ,लौकही , दुहवीमा बढी परेको थियो । बन्द प्रभावीत ठाउँहरुका शैक्षिक संस्था ,कलकारखाना र बजार पसल पूर्णरुपमा बन्द रहे । लोकतान्त्रिक चौकमा कोणसभा गरेको मोर्चाले एमाले र प्रहरी प्रशासन विरुद्ध नाराबाजी गरेको थियो । कोणसभामा बोल्ने वक्ताहरुले मृतकलाई शहिद घोषणा , क्षतिपुर्ति , घाइतेको निशुल्क उपचार लगायतका माग राखेका थिए । मोर्चाको केन्द्रिय निर्णय अनुसार २ दिने मधेश बन्द भनिएपनि सुनसरी मोर्चाले भने अनिश्चितकालिन सुनसरी बन्दको आव्हान गरिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया