फागुन २६ इनरुवा /नेपाल मानव अधिकार संगठन सुनसरीले राजविराज घटनामा दुःख व्यक्त गरेको छ । एमालेको मेची महाकाली अभियानको क्रममा सप्तरीको राजविराजमा सर्वसाधारणको ज्यान जाने गरी भएको घटनाप्रति संगठनले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

कार्यक्रम विथोल्न खोज्ने मोर्चा कार्यकर्तासँगको झडपमा प्रहरीको गोली लागि ४ जनाको ज्यान जाने गरी भएको उक्त घटनाको वास्तविकता सार्वजनिक गर्न सरकार समक्ष संगठन सुनसरीले माग गरेको छ । नेपाल मानव अधिकार संगठन सुनसरीका अध्यक्ष विरेन्द्र शाहले विज्ञप्ती जारी गर्दै घटनाको सत्यतथ्य छानविन गरी दोषी उपर कार्वाहीको माग गरेका छन् । विज्ञप्तीमा शान्तिपूर्ण सभा सम्मेलन र विरोधका कार्यक्रम गर्न पाइने भएपनि सर्वसाधारणका ज्यानै जाने गरी भएको घटनाको निष्पक्ष छानविन जरुरी रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया