२६ फागुन, इटहरी । नेपाल राष्ट्रिय स्वतन्त्र किसान मोर्चाले यही फागुन २३ गते सप्तरी जिल्लामा भएको घट्ना र प्रहरी एवम प्रदर्शनकारीबीच भएको झडपमा परि मानिसको ज्यान गएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मोर्चाका अध्यक्ष पुष्पराज प्याकुरेलले प्रेस विज्ञप्ती जारी गर्दै घट्नामा परि मृत्यु भएकाहरुलाई क्षतिपूर्ति दिने कार्य स्वागतयोग्य भएको तथा घाईतेको उपचार गर्ने कुरामा सरकारको ध्यानाकर्षण भएकोप्रति भने मोर्चाले सरकारलाई धन्यबाद दिएको छ ।

मोर्चाले त्यो आन्दोलन वा कार्यक्रमका समयमा किसानले लगाएको ५ सय विगाह जमिनको अन्नवालीमा पुगेको नोक्सानीको भने राजनीतिक दल वा सरकारले गम्भीरतापूर्वक विश्लेषण गरी किसानलाई समेत उचित क्षतिपूर्ति दिन पनि मोर्चा माँग गर्दछ भनिएको छ । राजनीतिको कुनै सिमा हुँदैन भन्दै मोर्चाले जारी गरेको विज्ञप्तीमा उल्लेख भए अनुसार कसैले पनि नेपालको कुनै पनि भुगोलमा राजनीतिक सभा सम्मेलन र अभिब्यक्ति दिने स्वतन्त्रतालाई मावन अधिकारभित्र पर्ने भनिसकेको अवस्थामा कसैले कसैमाथि निशेधको राजनीति गर्नु चाहि मानवना विरोधी कार्य भएको भन्ने मोर्चाको टिप्पणी समेत रहेको उल्लेख गरिएको छ ।

मोर्चाले कसैप्रति निशेधको राजनीति गर्ने प्रबृत्ति आफैमा न्यायोचित नभएकाले त्यस्तो कार्य गर्नु आफैमा निन्दनीय कार्य भएकाले अव उप्रान्त त्यस्तो कार्य नगर्न नगराउन समेत सवै राजनीतिक दलहरुसँग आग्रह गर्दै सम्यमतापूर्वक र सुझबुझकासाथ आफ्नो राजनीतिक अभियान चलाउन पनि सवैसँग आग्रह गरेको छ । मोर्चाका अध्यक्ष प्याकुरेलले किसानले लगाएको बालीनालीको विवरण लिई पीडित किसानले गर्ने आम्दानीका उचित विश्लेषण गरी राज्य पक्ष वा राजनीतिक दलहरुले त्यसको उचित क्षतिपूर्ति दिने ब्यवस्था गर्न पनि माँग गरेको छ ।

तपाईको प्रतिक्रिया