२७ फागुन, इनरुवा । सप्तरीकाे राजबिराज स्थित एमालेकाे मेचीकाली अभियान चलिरहदा प्रहरीसंग झफडप भर्इ स्थिती नियन्त्रणकालागि चलाएकाे गाेली लागि मृत्यु हुनेकाे संख्या ५ पुगेकाे छ ।

प्रहरीले चलाएकाे गाेली लागि घाइते भएकाहरूमध्ये धरानस्थित बिपि प्रतिष्ठानमा उपचार्थ सप्तरीको जमुनीमधेपुरा-१ का करिब ५५ वर्षका इनरदेव यादवको शुक्रबार मृत्यु भएसँगै सप्तरी घटनामा मृतकको संख्या पाँच पुगेको हो ।

गत साेमबार सशस्त्र प्रहरीको गोली लागेर सञ्जन मेहताकाे घटनास्थलमै मृत्यु भएकाे थियाे भने गाेलि लागि घाइते भएकाहरूमध्ये थप तिनकाे उपचारकाे क्रममा धरान स्थित बिपि प्रतिष्ठानमा मृत्यु भएकाे थियाे ।

तपाईको प्रतिक्रिया