२७ फागुन, अमर काफ्ले इनरुवा /सुनसरीको इटहरी १२ खनारमा रहेको पाथिभरा पोल्ट्रि फर्मका कुखुरामा बर्डफ्लु भेटिएको पुष्टि भएको छ ।
फर्ममा मर्न थालेका कुखुरा नमूना परीक्षणका लागि पठाइएकोमा क्षेत्रीय तथा केन्द्रीय प्रयोशालाले कुखुरामा बर्डफ्लु भेटिएको पुष्टि गरेको हो ।

जिल्ला प्रशासन कार्यालयमा प्रजिअको रोहवरमा बसेको सरोकारवालाको वैठकले फर्ममा रहेका कुखुरा नष्ट गर्ने निर्णय गरेसँगै प्राविधिक सहितको पशु चिकित्सकको टोलीले कुखुरा नष्ट गर्न थालेको छ । सो फर्ममा रहेका ६ हजार पाँच सय भन्दा बढी कुखुराहरु नष्ट गरिएको जिल्ला पशु सेवा कार्यालय सुनसरीका प्रमुख शिवनाथ महतोले जानकारी दिनुभयो । पशु कार्यालय सुनसरीले कहीँकतै कुखुरा तथा अन्य पंक्षीहरु मरे जानकारी गराउन र घरपालुवा वा जंगली पंक्षीको मासु खाँदा सावधानी अपनाउन सर्वसाधारणमा आग्रह समेत गरेको छ

तपाईको प्रतिक्रिया