सुनसरी/चैत्र ३ गतेबाट संचालनमा आउने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सुनसरीबाट १४ हजार विद्यार्थीले सहभागिता जनाउने भएका छन् । जिल्ला शिक्षा कार्यालय सुनसरीका अनुसार माध्यमिक शिक्षा परीक्षामा सहभागि हुने परिक्षार्थीका लागि ४६ वटा केन्द्र निर्धारण गरिएका छन् ।

जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदीले दिएको जानकारी अनुसार ४६ केन्द्राध्यक्ष र ९२ जना सहायक केन्द्राध्यक्षको टुङगो लगाइएको छ । परीक्षामा सुनसरीबाट नियमित तर्फ ११ हजार ८ सय ३० जना विद्यार्थी सहभागि हुँदैछन् ।

एक्जामटेड तर्फ १ हजार ६३ जना र ग्रेड वृद्धि तर्फका १ हजार १ सय ४९ जना गरी १४ हजार २ सय ९४ जना विद्यार्थी एसईइमा सहभागि हुने जिल्ला शिक्षा कार्यालय सुनसरीले जनाएको छ । सुनसरीमा १ सय ४२ वटा निजि र १ सय २२ सामुदायिक विद्यालय रहेका छन् । परीक्षा नियन्त्रण कार्यालयले २०७३ सालको कक्षा १० को वार्षिक परीक्षा आगामी चैत्र ३ देखि १४ गतेसम्म संचालन गर्दैछ । विगतमा एसएलसी परीक्षाका रुपमा रहेको परीक्षालाई यसपटक बाट भने एसईई बनाइएको छ ।

तालिका अनुसार चैत्र ३ गते अनिवार्य अङग्रेजीको परीक्षा हुने छ भने ४ गते अनिवार्य नेपाली , ६ गते अनिवार्य गणित, ७ गते अनिवार्य विज्ञान, ८ गते सामाजिक शिक्षा, ९ गते स्वास्थ्य, जनसङख्या तथा वातावरण विषयको परीक्षा सञ्चालन हुनेछ । पनिकाका अनुसार चैत १० गते ऐच्छिक प्रथम र चैत ११ गते ऐच्छिक द्वितीय अन्तर्गतका विषयको परीक्षा सञ्चालन हुने छ । १२, १३ र १४ गते भने प्राविधिक तर्फको परीक्षा संचालन हुने छ ।

तपाईको प्रतिक्रिया