इनरुवा फागुन २८/नेपाली काँग्रेस इनरुवा नगर कार्य समितिले एतिहासिक नगर सम्मेलन तथा होलि मिलन कार्यक्रमको आयोजना गरेको छ । जिल्ला पार्टी कार्यालय सुनसरीमा भौतिक पूर्वाधार तथा यातायात राज्यमंत्री सीताराम मेहताको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पार्टी सभापति राजिब कोइराला, नगर सभापति राजन मेहता लगायतको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा लोकतान्त्रिक आन्दोलनका अग्रणी तथा विभिन्न विधामा रही पार्टीका लागि योगदान पुर्याउने ३० जनालाई सम्मान गरिएको थियो ।कार्यक्रममा होलिको शुभकामना आदान प्रदान गर्नुका साथै सामूहिक होलि मिलन कार्यक्रम समेतको आयोजना गरिएको थियो ।

तपाईको प्रतिक्रिया