२९ फागुन, रोशन पोखरेल विराटनगर । होलीमा अप्रिय घटना हुन नदिन प्रहरीले विशेष सतर्कता अपनाएको छ। सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै पूर्व क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको हो ।
पूर्वाञ्चलमा मात्र होलीका लागि थप ठुलो संख्यामा प्रहरीको टोलीलाई आफनो कमाण्डमा रहेको क्षेत्रमा अवान्छनिय गतिविधि हुन नदिनको लागी प्रहरी परिचालन गरिएको छ। होलीको समयमा मादक पदार्थ सेवन गरेर अपराध जन्य गतिविधि गरेको खण्डमा तत्काल नियन्त्रणमा लिने गरि प्रहरी युनिटलाई निर्देशन दिएको पूर्वाञ्चल क्षेत्रिय प्रहरी कार्यालयका मिडिया अफिसर सन्तोष निरोैलाले जानकारी दिनुभयो ।
त्यसैगरी ठूलो संख्यामा सादा पोशाकका प्रहरीसमेत परिचालन गरिएको छ। होलीमा जबरजस्ती गरे तत्काल प्रहरीको हटलाइन १०० मा फोन गर्नसमेत प्रहरीले आग्रह गरेको छ । होलीका दिन दिउँसै मापसे चेकिङसमेत भइरहेको छ ।मादक पदार्थ सेवन गरी जथाभावी सवारी साधन गुडाउनेहरुमाथि निगरानी बढाउँदै चेकिङमा कडाई गरिएको प्रहरीले जनाएको छ ।
होलीमा जबरजस्ती लोला हान्ने, पानी फाल्ने तथा रंग लगाई दिनेलाई पक्राउ गरी सार्वजनिक अपराधमा मुद्दा चलाउने प्रहरीले जनाएको छ ।सार्वजनिक मुद्दामा एक वर्ष कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुन्छ । तर, यस पटक प्रहरीले २५ हजार रुपैयाँ जरिवाना तोकेको छ ।

तपाईको प्रतिक्रिया