२९ फाल्गुन, मोरङ। विराटनगर-४ स्थित कोशी राजमार्गमा शनिबार मोटरसाइकल र स्कुटर आपसमा ठोक्किदा तीन जना घाइते भएका छन्।
उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को २१ प ६५३४ नम्बरको मोटरसाइकल र विपरित दिशा बाट जादैगरेको को १७ प ९४६४ नम्बरको स्कुटर दिउँसो १२;३० बजे आपसमा ठोक्किएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक जिल्ला मोरङ विराटनगर-१ बस्ने ४६ बर्षिय प्रदिप सापकोटा, स्कुटर चालक सुनसरी भरोल-१ बस्ने २१ बर्षिय अजय राई र पछाडी सवार सोही ठाउँका २३ बर्षिय संदिप धामी घाइते भएका छन्। घाइते तिनै जनाको विराट नर्सिङहोम विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

तपाईको प्रतिक्रिया